पशुपतिनाथ मन्दिर परिसरमा अब सवारी साधन नो इन्ट्री’

मङ्लबार, पुस ११, २०७४ | ०३:१९:४९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस ११ः विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि सवारी साधन निषेध गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो ।pashupatinath-1

धार्मिक स्थललाई सोही वातावरणमा रहन दिन पनि मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यद्यपी एम्बुलेन्स, शवबाहनलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन ।

मन्दिरमा जाने तीर्थयात्रीहरुको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको पर्यटकीय स्थल ठमेलमा पनि सवारी साधन प्रवेशमा रोक लगाइएको सकेको छ ।

प्रतिकृया