हल्लाको पछि नलागौं, डा.उपेन्द्र देवकोटाको अवस्था सुधारोन्मुख

बुधबार, पुस १२, २०७४ | ०५:२०:४९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस १२ः वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्रप्रसाद देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न सञ्चारमाध्यममा काल्पनिक र भ्रामक समाचार आएको भन्दै नेपाल न्युरोसर्जन समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डा.देवकोटालाई जन्डिसको समस्या देखिएकाले बेलायतको लण्डनमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको समाजले जनाएको छ ।

उपचारको क्रम चलिरहेको तर बाहिर आएको जस्तो स्वास्थ्यमा गम्भीर समस्या नरहेको बताएका छन् । समाजले बाहिर आएका हल्लाका कुराको पछि नलाग्न आग्रह समेत गरेका छन् ।

प्रतिकृया