इपिएल क्रिकेटः पोखरालाई ललितपुरले हरायो

बुधबार, पुस १२, २०७४ | ०५:२४:०७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस १२ः एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको एलिमिनेटर राउन्डमा ललितपुर प्याट्रियोट्सले पोखरा राइनोजलाई २७ रनले हराएको छ ।

कीर्तिपुर मैदानमा ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ११ रन मात्रै बनाउन सक्यो । पोखराका लागि पाकिस्तानी खेलाडी इसिरुल्लाहले २५ रन बनाउनुबाहेक अन्यले गतिलो रन बनाउन सकेनन् ।

पोखरालाई १ सय ११ रनमा समेटन् ललितपुरका सन्दिप लामिछानेले ३ तथा पवन सराफ र सन्नी पटेलले २ २ रन लिए । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । ललितपुरका लागि सन्नी पटेलले ३८ र शंकर रानाले ३४ रन बनाएका थिए ।

एलिमिनेटर राउन्डमा पोखरालाई हराएसँगै ललितपुरले फाइनल प्रवेशको लागि खेल्न पाउनेछ । फाइनल प्रवेशको लागि लागि ललितपुरले बुधबारको पहिलो खेलमा विराटनगरसँग पराजित भएको भैरहवा ग्लाडियटर्ससँग बिहीबार खेल्नेछ । विराटनगर फाइनलमा पुगिसकेको छ भने बिहीबार ललितपुर र भैरहवाबिचको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिकृया