चीनले किन गर्यो १३ हजारभन्दा बढी वेबसाइट बन्द ?

बिहिबार, पुस १३, २०७४ | ०९:०२:१६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस १३ः चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ । सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो ।

आजको गोरखापत्रको सूचना प्रविधि पृष्ठमा यो खबर छापिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् ।

उनले अन्य दुई हजार दुई सय वेबसाइटका सञ्चालकलाई समेत बोलाएर कुराकानी गरिएको बताए । यो अवधिमा चीनले आफ्नो देशको इन्टरनेट सेवाको आचारसंहिता उल्लघंन गरेको भन्दै करिब एक करोड इन्टरनेटका विभिन्न सेवाका एकाउन्ट बन्द गरेको छ ।

चीनले ती वेबसाइटले आतंकवादी समूहलाई सहयोग गरेको र अश्लील दृश्यको प्रयोग गरेकाले उक्त वेबसाइट बन्द गरेको बताएको छ ।

प्रतिकृया