युट्युबमा ‘शत्रु गते’ को ‘रुपै मोहनी’ हिट (भिडियोसहित)

शनिबार, पुस १५, २०७४ | १०:०२:२५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस १५ः चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ गीत सार्वजनिक भएको छ । मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘शत्रु गते’ को गीत रुपै मोहनी शुक्रबार बेलुका युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक गरेको केहि समयमा नै यो गीतलाई धेरै दर्शकले रुरचाएका छन् । शुक्रबार मात्र सार्वजनिक गरिएको यो गीतले यो समाचार तयार पार्दासम्म ७ लाख वढी भ्युअर पाएको छ । shaturi gate

ठमेल बजार, काले दाइसहितका गीतबाट चर्चामा आएकी गायिका मीना निरौला पोख्रेल र टंक बुढाथोकीको स्वरमा रहेको गीतमा चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपक राज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, शिवहरि पौड्याल सहितका कलाकारले अभिनय गरेका छन् ।

गीतमा लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत छ । ‘शत्रु गते’ मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुषाल, शिवहरि पौड्याल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

प्रतिकृया