आजदेखि नयाँ वर्ष २०१८ शुरु

सोमवार, पुस १७, २०७४ | ०९:२८:२१ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, पुस १७ः आजदेखि नयाँ वर्ष इस्वी सन् २०१८ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को शुरुवात भएको हो ।

सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत्सम्बन्धी अनुसन्धानमा लागेको बताए । “इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो”, उनले बताए । happy-new-year-2011

पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

प्रतिकृया