इन्धनको मूल्य बढ्यो, ग्यासको पनि मूल्य बढ्यो

मङ्लबार, पुस १८, २०७४ | ०९:१३:२६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौैं, पुस १८ः सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक एक रुपैयाँ मूल्य बढाइएको छ ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९, ७९ रुपैयाँ पुगेको छ ।

यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ । नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५०

डलर बढाएर ९ सय डलर बनाइएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू भएको छ ।

प्रतिकृया