एमाले अध्यक्ष ओली बिरामी, आराम गर्न सुझाव

मङ्लबार, पुस १८, २०७४ | ०३:२५:५९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस १८ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्।

बिरामी परेपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

उनी निकट स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ।

उनले घरमै औषधि लिइरहेका छन्।

चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएको बुझिएको छ ।

प्रतिकृया