२ करोड हिनामिना गरेर वडा सचिव सम्पर्क बिहीन

बुधबार, पुस १९, २०७४ | ०८:१३:०७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

गोरखा, पुस १९ः गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जीको नाममा दुई करोड रुपैयाँभन्दा बढी रकम हिनामिमना गरेर फरार भएका छन् ।

गत साउन ३ गते वडा अध्यक्षसँग तीन दिनको बिदा लिएर हिँडेका दर्जी हालसम्म गाउँपालिकाको सम्पर्कमा नरहेको गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङले बताइन्। दर्जीको नाममा दुई करोड रुपैयाँभन्दा बढीको बेरुजु देखिएको छ । गाविसको नाममा रहेको बैंक खाताबाट रकम झिकेको भए पनि दर्जीले सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको देखिएको हो ।sachiv_5XKBp39IDg

आर्थिक वर्ष २०७२ ०७३ र २०७३ ०७४ मा वडासचिव दर्जीले भुक्तानी गरेको रकमका बिल तथा भरपाइहरु महालेखा परीक्षकको कार्यालय काठमाडौंले लेखा परीक्षणका क्रममा फेला नपारेपछि सचिव दर्जीको नाममा बेरुजु देखिएको हो । हंशपुरका वडाध्यक्षसँग तीन दिनको घरबिदा लिएका सचिव दर्जी पाँच महिना हुँदासमेत कार्यालय फर्किनु भएको छैन । दर्जी गएको साउन ३ गते कार्यालयबाट घरबिदामा गएका थिए ।

स्याङ्जाको साबिक रापाकोट गाविस–२ खेवाङ घर भएका दर्जीको दरबन्दी इलाका हुलाक कार्यालय सौरपानी गोरखामा थियो । २०७० पुस १९ गते खरिदार पदमा नियुक्त भएका दर्जी हुलाक सेवामा कार्यरत रहँदै गर्दा मुच्चोक र हंशपुर गाविस हेर्नेगरी सचिवको जिम्मेवारी दिइएको थियो । स्थानीय विकास अधिकारी नारायण आचार्यले वडासचिव दर्जीको नाममा बेरुजु देखा परेकाले खोजी गरिएको बताए ।

प्रतिकृया