प्रधानमन्त्रीले दिए वाम गठबन्धनका नेतालाई बधाई

बिहिबार, पुस २०, २०७४ | ०४:५७:०२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २०ः प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन जितेको वाम गठबन्धनलाई बधाई दिएका छन् ।

बिहीबार बालुवाटारमा बसेको पाँच दलको बैठक प्रधानमन्त्री देउवाले वाम गठबन्धनका नेतालाई बधाई दिएका हुन् । ‘प्रधानमन्त्रीले पहिलोपटक हामीलाई निर्वाचन जितेकोमा औपचारिक बधाई दिनुभयो,’ एमाले नेता सुवास नेम्वाङले भने,‘हामीले ढिलै भएपनि बधाई दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद भन्यौं।

’प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख पाँच दलको बैठकमा प्रचण्डले देउवालाई जनताको मतलाई कार्यान्वयन गर्न आग्रह गरेका थिए । आफूले शान्तिपूर्ण रूपमा नै सत्ता हस्तान्तरण गर्ने भनेर प्रधानमन्त्री देउवाले भनेपछि प्रचण्डले यस्तो जवाफ दिएको एमाले नेता सुवास नेम्वाङले बताए ।

वाम गठबन्धनका नेताहरुले सरकारले सत्ता हस्तान्तरणका लगि ढिलाइ गरेको र मनलाग्दी ढंगले नियुक्ति गरेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए।

प्रतिकृया