प्रदेश प्रमुख र राजधानी तोक्ने जिम्मा सरकारलाई : प्रचण्ड

बिहिबार, पुस २०, २०७४ | ०५:०२:३१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

चितवन, पुस २०ः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा निर्वाचन भएलगत्तै नयाँ सरकार गठन हुने बताएका छन्।

‘अध्यादेशका कारण गाँठो पर्छ कि भन्ने थियो अव अहिले त्यसको समाधान भएको छ’ बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले छिटो भन्दा छिटो नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न बर्तमान सरकारलाई आजको सर्वदलीय बैठकमा समेत सुझाएको बताए ।

अध्यक्ष प्रचण्डले बाम गठबन्धनले सरकारलाई प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गर्न जिम्मा दिएको पनि बताए ।

प्रतिकृया