सिंहदरबार नै अस्तव्यस्त, न बत्ती न सुरक्षा

आइतवार, पुस २३, २०७४ | ०९:३६:५९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २३ः स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरुले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् ।

मुलुकको सुरक्षाको सबै अभिभारा सिंहदरबारमै केन्द्रित छ । तर, सम्पुर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफै अस्तव्यस्त छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्रकै अवस्था अति दुर्गम र पिछाडिएको क्षेत्रजस्तो छ । सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले विजुली बत्तीको समेत अभाव झेल्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गृह मन्त्रालय छेउकै बाटो अँध्यारो
गृह मन्त्रालयअगाडि हुँदै सिंहदरबारबाट बाहिरिने पश्चिमतर्फको गेटसम्म करिब दुई सय मिटर सडक कच्ची छ । वर्षाको समयमा सो सडक हिलोले हिँडिसक्नु हुँदैन ।

दुर्गम क्षेत्रजस्तो छ । अहिले पानी नपरेकाले धुलोले मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । त्यति मात्र होइन, सो सडकमा बिजुली पनि छैन । सुरक्षाकर्मी रातको समयमा टर्चलाइट बालेर ओहोरदोहोर गर्छन् । ‘मुलुकको समग्र सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयकै अगाडि यस्तो अवस्था छ भने दुर्गममा झन् कस्तो होला रु’ एक सुरक्षाकर्मीले भने ।

प्रतिकृया