पूर्व सांसद तथा प्याब्सन पूर्व अध्यक्ष पोखरेलको निधन

आइतवार, पुस २३, २०७४ | ०२:३४:२६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २३ः पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा। बाबुराम पोखरेलको निधन भएको छ । पोखरेलको आज बिहान निधन भएको हो ।

पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद समेत बनेका थिए । पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई नर्भिक अस्पताल लगिएको थियो ।

पोखरल ६८ देखि ७० सम्म प्याव्सनका अध्यक्ष रहेका थिए भने हाल बरिष्ठ उपाध्यक्ष रहेका छन् । मिनभवनस्थित भिएस निकेतन स्कुलका संस्थापक समेत रहेका पोखरेल अन्दाजी ६६ वर्षका रहेका थिए ।

प्रतिकृया