ओली प्रचण्डबीच भेटघाट, यस्ता भए सहमति ?

आइतवार, पुस २३, २०७४ | ०८:३२:१४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २३ः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भर्खरै भेटवार्ता सम्पन्न भएको छ ।

चितवनबाट आजै काठमाडौं आइपुगेका दाहाल ओलीलाई भेट्न सवा ६ बजे ओली निवास बालकोट पुगेको र करिब डेढ घण्टा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संयोजक अधिकारीका अनुसार भोली आ आफ्नो दलको पार्टी एकता र हाई कमाण्डको वैठक बस्ने र पर्सी पुनः २ पार्टीबीचको वैठक बस्नेछ ।

पार्टीको भावी एकताका बिषयमा सामान्य छलफल भएको र पार्टीको भावी रणनीति, बिचार तयार गर्न सानो टिम बनाउने सहमति बनाउने २ नेताबीच सहमति भएको उनले जानकारी दिए ।

यद्यपी टिममा को को राख्ने बिषयमा पुन छलफल हुने बताईएको छ । माओवादी अध्यक्ष दाहाल बिहीबार चितवन गएका थिए।

उनी शनिबार बिहान काठमाडौं फर्कने कार्यक्रम भए पनि मौसममा समस्या भएर जहाज नउडेपछि आइतबार सडकमार्गबाट काठमाडौं आएका हुन्। काठमाडौं आएलगत्तै उनी ओलीलाई भेट्न गएका थिए।

प्रतिकृया