प्रदिप पौडेलको चुनावी खर्च कति ?

सोमवार, पुस २४, २०७४ | ०१:४७:३० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २४ः गत मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा ५ मतले पराजित भएका कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनको सम्पूर्ण खर्च विवरण पेश गरेका छन् ।

नतिजा घोषणा भएको एक महिना पुग्नै लाग्दा नेता पौडेलले जिल्ला निर्वाचन कार्यालय तनहुँमा चुनावको प्रचारप्रसारमा हिड्दा गरिएको १३ लाख २७ हजार ६ सय रुपैयाँ निर्वाचनमा खर्च भएको विवरण पेश गरेका हुन् । प्रदेश सभा निर्वाचनमा उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान छ ।

कार्यालयमा निर्वाचनको खर्च विवरण बुझाउने पहिलो उम्मेदवार पौडेल रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । नेता पौडेलले ४२ मत फर्जि देखिएको भन्दै अदालतमा दायर गरेको मुद्धा बिचाराधीन छ ।

कार्यालयले अन्तिम दिनसम्म खर्च विवरण पेश गर्न नआए राजनीतिक दल तथा उम्मेदवारको सुचि निर्वाचन आयोग काठमाडौँ पठाउने बताएको छ । जिल्लामा प्रतिनिधि र प्रदेश सभा गरी जम्मा ५४ उम्मेदवार थिए ।

तीमध्ये ५३ जना उम्मेदवार कार्यालयको सम्पर्कमा नआएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिकृया