डा. गोबिन्द केसी १४ औं अनशनमा, यस्ता छन् मागहरु ?

सोमवार, पुस २४, २०७४ | ०३:२८:०७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २४ः सर्वोच्च अदालतले गलत निर्णय गरेको भन्दै डाक्टर गोविन्द केसी १४ औं अनशनको घोषणा गरेका छन् ।

सर्वोच्च अदालतले आइतबार चिकित्साशिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डाक्टर शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि प्रधानन्यायधीशको विरुद्धमा डाक्टर केसीले सोमबार ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन् ।

केही बेरअघि त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको कामको छानविन हुनुपर्ने मागसहित अनशन बस्न लागेको जानकारी दिए । आफ्नो अनशन न्यायालयको मर्यादा बचाउन र न्यायाधीशको भ्रष्ट चरित्रविरुद्ध भएको डाक्टर केसीको दाबी छ ।

डाक्टर केसीकै अनसनका कारण तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले डाक्टर शशी शर्मालाई आइओएमको डिनबाट हटाएपछि उहाँ सर्वोच्च जानुभएको थियो । आइतबार पुनर्वहाली पाएका डाक्टर शर्माको पदावधि आउदो पुस २८ गते सकिँदैछ ।

प्रतिकृया