ज्ञानेन्द्रले किन भेटे भेटे युपीका मुख्यमन्त्री योगी आदीत्यनाथलाई ?

सोमवार, पुस २४, २०७४ | ०३:३०:३३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २४ः पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदीत्यनाथलाई भेटेका छन् । लखनऊँ स्थित योगीको सरकारी निवासमा भेटवार्ता भएको हो । DS_4wS1XUAAixLW

योगी आदीत्यनाथले पूर्व राजा शाहसँग मंगलबार बिहान भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । यद्यपी उक्त भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन ।

नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्ने अभिव्यक्ति दिँदै आएका योगीसँग ज्ञानेन्द्रको भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । योगी पछिल्लो पटक गतवर्ष भएको विराट विश्व हिन्दु सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।

प्रतिकृया