प्रहरीले समाचारको स्रोत मागेको बारे महासंघको ध्यानाकर्षण

सोमवार, पुस २४, २०७४ | ०३:३४:३१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २४ः प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको स्पष्ट पार्दै महासंघले आमसञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न पनि प्रहरीलाई आग्रह गरेको छ ।

प्रेस स्वतन्त्रता हनन हुने घटना दोहोरिएमा सबै दलनिकट पत्रकारहरुसँगै संयुक्त रुपमा प्रतिवाद गर्ने पनि पत्रकार महासंघले जनाएको छ ।

प्रतिकृया