गोबिन्द केसीलााई अदालमा उपस्थित गराईयो

मङ्लबार, पुस २५, २०७४ | ०९:४२:४५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २५ः डा.गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराउन प्रहरीले लिएर गएको छ। सिंहदरबार प्रहरी वृत्तको हिरासतमा रहेका डा. केसीलाई प्रहरीले कडा सुरक्षा व्यवस्थाबीच केहीबेर अघि एम्बुलेन्समै राखेर अदालत पुर्‍याएको हो।

अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । अदालतको आदेशलगत्तै डा.केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

प्रतिकृया