डा.गोविन्द केसीको समर्थनमा माईतीघरमा प्रदर्शन

मङ्लबार, पुस २५, २०७४ | ०९:४४:३७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २५ः डा. गोविन्द केसीलाइ पक्राउ गरेको विरोधमा उनका समर्थक र नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

डा. केसी पक्राउको विरोध र उठाएको माग प्रति ऐक्यवद्धता जनाउन समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायत सहभागी छन् । gobhinda-3

सर्वोच्च अदालतले गलत फैसला गर्ने गरेको भन्दै डाक्टर केसीले १४ औँ अनशन थालेकै दिन उहाँलाई सोमबार पक्राउ गरिएको थियो ।

चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गरेका थिए । प्रहरीले सोमबार बेलुका उनलाई अनशन बसेकै ठाउँबाट पक्राउ गरेको हो ।

प्रतिकृया