काँग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

मङ्लबार, पुस २५, २०७४ | ०९:०६:०१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २५ः नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गर्नुभएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । पछिल्लो समय अर्का युवा नेता गगन थापालाई पार्टी प्रवक्ता मनोनित गर्न लागिएको चर्चा मात्रै आएन् कतिपय अनलाइन सञ्चारमाध्यममा समाचार समेत प्रकाशित भए ।

पार्टीको १२ औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

प्रतिकृया