तनहुँ उद्योग वाणिज्य संघमा मानकाजी प्यानल विजयी

आइतवार, पुस ३०, २०७४ | १२:००:३५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

तनहुँ, पुस ३०ः तनहुँ उद्योग वाणिज्य संघको १५ औँ अधिवेशनबाट अध्यक्षमा मानकाजी श्रेष्ठ विजयी भएका छन् ।

ईश्वरबहादुर विष्टलाई ५ सय २९ मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठको पक्षमा १ हजार ५ सय २९ र विष्टको पक्षमा १ हजार मत खसेको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।

त्यसैगरी प्रथम उपाध्यक्षमा बैकुण्ठनाथ मिश्र १ हजार ४ सय ४२ र द्घितीय उपाध्यक्षमा हरिबहादुर थापा १ हजार ५ सय ३३ मत प्राप्त गरी विजयी भए ।

विजयी दुवै उम्मेदवार मानकाजी श्रेष्ठ प्यानलकै उम्मेदवार हुन् ।

प्रतिकृया