कस्तो बन्यो दयाहाङ र श्वेताको ‘कान्छी’ को ट्रेलर (भिडियोसहित)

मङ्लबार, माघ ९, २०७४ | ०५:०१:३३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, माघ ९ः प्रतिक्षित फिल्म मध्येको एक मानिएको ‘कान्छी’को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो । Kanchhai

मुख्यतः दयाहाङ राई र श्वेता खड्का स्टार फिल्मको ट्रेलरले रोमान्स, रोदन र द्वन्द्वलाई बोलेको छ । ट्रेलरमा कान्छी बनेकी श्वेता पाउन दयाहाङ लागि परेको देखाइएको छ भने कामेश्वर चौरासियाले लैङ्गिक समानताका कारण सम्बन्ध जोड्न नपाउँदाको पीडा पनि उल्लेख गरिएको छ ।

आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ मा रिलिज हुँदैछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । यसअघि सार्वजनिक ‘चरी चट्ट परी’ बोलको ‘कान्छि’ फिल्ममा समावेश गीतले ५० लाख बढिको भ्यूज युट्युवमा पाईसकेको छ । श्वेता यो फिल्मकी निर्मात्री हुन् ।

प्रतिकृया