प्रवासबाटै लोकसंस्कृती बचाउन गायक छन्त्यालको यस्तो आग्रह ? (भिडियो)

आइतवार, माघ १४, २०७४ | ०५:५५:२९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडों, माघ १४ः प्रवासमा रहेर पनि निरन्तर नेपाली लोक सस्कृतिको क्षेत्रलाई माया गर्ने लोक तथा दोहोरी गायक युवराज छन्त्यालले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।

छन्त्यालले “बाजा बजाउदै” नामक गीत ल्याएर पुन दर्शक श्रोतामाझ आएका हुन् । उनको नयाँ गीत “बाजा बजाउदै देश बिदेशमा हामीले नचाउने, हामीले नै हो सुन साहिली संस्कार बचाउने ” बोलको गीतले उनलाई थप उचाईमा पुर्याउने विश्वास लिईएको छ । 26805353_2020316561335589_7647876874587259670_n

गीतले आफ्नो देशको संस्कृती र रितीरिवाज जहाँ गएपनि महत्वपुर्ण हुने र त्यसलाई बचाउन आवश्यक रहेको सन्देश दिन खोजेको छ । गीतमा चर्चित लोकदोहोरी गायिका देवीका केसीले साथ दिएकी छिन् ।  बसन्त थापाको शब्द र स्वयंम छन्त्यालको संगित रहेको छ ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको उक्त भिडियोले धौलागिरी आसपासको रहन सहनलाई चित्रण गरेको छ । छन्त्यााल कतारमा रहेरपनि बेलावेलामा नेपाली संस्कृती झल्कने गीतहरुको सिर्जना गरिरहेका छन् ।

प्रतिकृया