राजधानीमै नक्कली डाक्टरको बिगबिगी, १२ जना ‘नक्कली डाक्टर’ प्रहरीको फन्दामा

सोमवार, माघ १५, २०७४ | ०७:१६:१९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, माघ १५ः प्रहरीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर १२ जना ‘नक्कली डाक्टर’ लाई पक्राउ गरेको छ ।

ठमेलमा रहेको एपोलो, बौद्धको चाइन ग्रटवाल लगायतका अस्पतालमा छापा मारेर २० भन्दा बढी विदेशी डाक्टरलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

पक्राउ परेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । उनीहरुले नेपालमा मेडिकल काउन्सिलबाट अनुमति नलिइ काम गरिरहेपछि पक्राउ गरेको जनाईएको छ ।

पक्राउ परेकाहरु नेपालमा अवैध चिकित्सकीय अभ्यास गरिरहेका बढी रहेको समेत खुलेको छ । नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई लिएर सिआइबीले अस्पतालहरुमा छापा मारेको हो।

प्रतिकृया