भोलिदेखि चितवनमा यातायात व्यबसायीको महाधिवेशन

मङ्लबार, माघ १६, २०७४ | ०८:४५:०२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

चितवन, माघ १६ः यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन बुधबार (भोली) देखि चितवनमा शुरु हुँदै छ ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनको सबै तयारी पूरा भएको जनाउँदैं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय गरिएको जनाएको छ । महासंघमा आवद्ध ३ सय सदस्य संघ समिति र प्रालिबाट करिब २३ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुने महासंघले जनाएको छ ।IMG_7305-1024x683

अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उपमहासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । १० जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।

महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेर महाधिवेशन तयारी गरिएको छ । यसअघि कार्यबहाक अध्यक्षको जिम्मेवारी समेत पाइसकेका डोलनाथ खनाल नेतृत्वको प्यानल लोकतान्त्रिक बाम नेतृत्वको समावेशी समूहको रुपमा प्यानल बनाएर प्रचार प्रसारमा छन् भने प्रजातान्त्रिक प्यानलबाट महासंघका पूर्व अध्यक्ष योगेन्द्र कर्माचार्य चुनावी मैदानमा छन् । अधिवेशन १९ गतेसम्म चल्नेछ ।

प्रतिकृया