१० अर्बको लगानी कोष स्थापना गर्दै एनआरएन

बुधबार, माघ १७, २०७४ | ०१:४८:४६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, माघ १७ः गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालको लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने भएको छ ।

एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच मंगलबार भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए ।

कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताए । एनआरएनले गोरखा भूकम्पबाट क्षतिग्रस्त ‘लाप्राक नमूना वस्ती’ निर्माण गरिरहेको छ ।

कुल ३२७ घरको पुनः निर्माणको काम अगाडि बढेको जानकारी दिइएको थियो । एनआरएनले वागमती किनाराको शंखमुल क्षेत्रमा ३२ रोपनी जग्गामा उद्यान निर्माण गरिरहेको छ ।

प्रतिकृया