पक्राउ परेका नक्कली डाक्टरलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

बुधबार, माघ १७, २०७४ | ०४:३६:४४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, माघ १७ः अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतकाका न्यायाधीश राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर अनुसन्धान गर्न अनुमती दिएको हो । गत सोमबार प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई पक्राउ गरेको थियो।

राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए।

ठगी मुद्धामा अनुसन्धान गर्नको लागि उनीहरुको म्याद थप गरिएको बताइएको छ ।

प्रतिकृया