पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

शुक्रबार, माघ १९, २०७४ | ०९:२०:३६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, माघ १९ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको हिजो बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर बढाएको निगमले जनाएको छ ।

अब पेट्रोल एक लिटरको १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ पर्ने भएको छ । यसअघि मंसिर २२ र पुस ४ गते मूल्य बढाएको निगमले फेरि पनि भाउ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र निगमलाई इन्धन उपलब्ध गराउने भारतीय आयल कर्पोरेशनबाट पनि मूल्य बढेर आएकाले भाउ बढाउनुपरेको निगमले जनाएको छ ।

प्रतिकृया