तरकारीवालीलाई कसले दियो सेतो गुलाब ?

बिहिबार, फाल्गुन ३, २०७४ | ०५:५३:४४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, फागुन ३ः आउँदो बैशाख २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘लम्फू’का पोस्टरहरु सार्वजनिक भएका छन् ।

निर्माण टिमले फरक फरक प्रकृतीका तीन पोस्टर एकसाथ सार्वजनिक गरेको हो । जसमा लिड कलारकारहरुलाई राखिएको छ । तीनवटै पोस्टरमा नवनायक कबिर खड्का अटाएका छन् । एक पोस्टरमा कबिर एक्लै देखिएका छन् । अन्य दुई पोस्टरमा भने कबिरको साथमा अन्य कलाकारहरु छन् । lamphu

अर्को पोस्टरमा तरकारीवालीको नामले संसारभर भाईरल बनेकी कुशुम श्रेष्ठ पनि छिन् । कुशुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् । उनिसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेत पोस्टरमा देखिन्छन् ।

तेश्रो पोस्टरमा भने तीन अभिनेताहरु मात्र छन् । ‘लम्फू’का पोस्टरहरु टौवा क्रियशनले तयार पारेको हो । चलचित्रले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ ।

यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक गोपालचन्द्र लामिछानेले बताएका छन् । ‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ ।

दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय देख्न सकिन्छ ।

प्रतिकृया