​कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

आइतवार, फाल्गुन १३, २०७४ | ०९:००:१८ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन १३ः नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आइतबार बस्दैछ ।

केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बिहान ९ बजेपछि बस्ने बैठकले संघीय संसदीय दलको परिमार्जित विधान पारित गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबार बसेको सांसदहरुको बैठकले विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने बताइएको छ । दलको नेताका लागि सभापति शेरवहादुर देउवा, महामन्त्री सशांक कोइराला, नेता प्रकाशमान सिंह लगायतले तयारी गरेका छन् ।

महामन्त्री कोइरालाले सर्वसम्मत पाए मात्र संसदीय दलको नेता बन्ने बताए पनि दलको नेतामा देउवाले दावी नछोड्ने भएपछि देउवा र सिंहबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रतिकृया