‘शत्रु गते’को ट्रेलर रिलिज, थाहा पाउनुहोस् कसको भूमिका के ?

शुक्रबार, फाल्गुन १८, २०७४ | ०५:२३:४८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन १८ः प्रदीप भट्टराईले निर्माण गरेको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ ।  95e74cac-21d9-4599-8baa-ef0c1c858b29

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमामा मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । ट्रेलर हेरिसकेपछि सिनेमामा अनिभेत्री प्रियंका कार्की प्रहरीको भूमिकामा र आँचल शर्मा नर्सको भूमिकामा रहेको थाहा पाउन सकिन्छ ।

शत्रुहरुलाई पराजय गर्ने विशेष एकदिनलाई मुख्य विषय बनाईएको चलचित्र ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

महसञ्चारको निर्माण यो सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् ।

प्रतिकृया