आज कृष्णप्रसाद भट्टराईको सातौं पुण्यतिथी

आइतवार, फाल्गुन २०, २०७४ | ०९:०४:४२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २०ः पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आइतबार सातौं पुण्यतिथी मनाईंदैछ ।

झण्डै २० वर्ष कांग्रेसको सभापति बनेका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता र सुराही अनि टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।

तर उनको आदर्श आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले पालना नगरेका भन्दै आलोचना हुने गरेको छ । आइतबार किसुन जी को सम्झनामा ७७ जिल्ला मै कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

प्रतिकृया