विश्वकप छनोटः शनिवार नेपाल र अफगानिस्तान भिड्दैं

शुक्रबार, फाल्गुन २५, २०७४ | ०६:५६:२० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २५ः जिम्बावेमा जारी आईसीसी एकदिवशीय विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

यस अघिका दुई खेलमा पराजित भएको नेपाल र तीन खेलमा पराजय ब्यहोेरेको अफगानिस्तान शनिबार प्रतियोगिताको पहिलो जितको खोजीमा हुनेछन् । टेष्ट मान्यता प्राप्त अफगानिस्तानका सुपरस्टार बलर रशिद खानले पहिलो पटक कप्तानी संहालेको यस प्रतियोगितामा उसले निकै खराव प्रदर्शन गरेको छ ।

प्रतियोगिताको समूह बीबाट सुपरसिक्समा पुग्नका लागि भोलिको खेल दुवै टोलीका लागि उत्तकै महत्वपूर्ण छन् । यसअर्थमा शनिबारको खेल दुवै टोलीका लागि गर या मरको अवस्थामा छ ।

नेपाल र अफगानिस्तानबीचको खेल बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा हुन् । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

प्रतिकृया