विश्वकप क्रिकेट छनोटः नेपालले अफगानिस्तानको सामना गर्दै

शनिबार, फाल्गुन २६, २०७४ | ०९:२३:३५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, फागुन २६ः आइसीसी विश्वकप छनौट अन्तर्गत नेपालले आज अफगानिस्तानको सामना गर्दै छ । जिम्बाबको बुलावायोमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा एक बजे सुरु हुदै छ ।

प्रतियोगिता तीन खेलमा पराजित भएको अफगानिस्तान र दुइ खेलमा पराजीत भएको नेपाल दुवैका लागि यो खेल ‘गर या मर’ को रहेको छ । यो खेलमा पराजित हुने टिमको विश्वकप छनौट यात्रा समाप्त हुने छ भने जित्ने टिमको सुपरसिक्स छनौटको आशा बाँकी हुने छ । Nepali-cricket-team_9X2n7ftSzp

नेपाल भर्सेस अफगानिस्तान इतिहासः
नेपाल र अफगानिस्तानबीच अहिलेसम्म ६ पटक खेल भएको छ । जसमा अफगानिस्तान हावी हुदै आएको छ । पछिल्ला ६ भेटमा नेपालले एक खेलमा जित हासिल गरेको छ भने ५ खेलमा अफगानिस्तान विजयी भएको छ । नेपालले २००४ मा मलेसियामा भएको एसीसी ट्रफीमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

त्यसपछि अफगानिस्तानले नेपाललाई विश्व क्रिकेट डिभिजन लिग ५, २००८, एसीसी ट्रफी इलाइट, २००८, एसीसी ट्रफी इलाइट २०१०, एसीसी एमर्जीङ कप २०१३ र एसीसी प्रिमियर लिग २०१४ मा गरि ५ पटक पराजित गरेको छ ।

नेपाली टिमः
पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अन्य खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन् ।

प्रतिकृया