​विश्वकप छनोटः ७५ रन बनाएर कप्तान पारस आउट

शनिबार, फाल्गुन २६, २०७४ | ०३:१९:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २६: विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले कप्तान पारस खड्कालाई गुमाउँदै तेस्रो विकेट गुमाएको छ ।

पारसले ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।

दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् । पहिलो विकेटका रुपमा नेपालले अनिलकुमार साहलाई ७ रनमै गुमाएको थियो ।

अहिले ३१ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ११६ रन बनाएको छन् । अहिले क्रिजमा दिपेन्द्रसिंह एेरी र रोहितकुमार पौडेल रहेका छन् ।

प्रतिकृया