त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनाग्रस्त

सोमवार, फाल्गुन २८, २०७४ | ०३:०४:४५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

Jahaj Ago TIAकाठमाडौं, फागुन २८ः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ ।

रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको हो ।

बंगलादेशको ढाकाबाट करिब ७० यात्रु लिएर आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज १५ मिनेटअघि धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।

जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्। यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया