त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द, विमानहरुलाई डाइभर्ट गरियो

सोमवार, फाल्गुन २८, २०७४ | ०३:४२:१३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, फागुन २८ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् । त्रिभुवन विमानस्थल टर्मिनल ड्युटी अफिसरका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरण रोकिएका हुन् ।

विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ।

प्रतिकृया