नगर प्रमुखमाथि गोली प्रहारको आशंकामा ‘बिप्लव समुह’का तीन जना पक्राउ

मङ्लबार, फाल्गुन २९, २०७४ | ०९:०६:१० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

कैलाली, फागुन २९ः घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सुखड क्षेत्रवाट नेकपा माओवादी बिप्लव समुहका तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेकोले अहिले नै पक्राउ परेका ब्यक्तिहरुको नाम खोल्न नमिल्ने जानकारी दिए । 1520909290ghodagadi

गत फागुन २४ गते भएको घटनामा विप्लब समुहका नेताले सामाजिक संजाल मार्फत एमालेले कारवाही नगरे जनकारवाही गर्ने धम्की दिएका थिए । सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटना लगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगंज मेडिकल कलेज लगिएको हो । चौधरीलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएरहेको जनाएको छ ।

नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले आफूलाई गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद शर्मा घिमिरेले बताएका छन् । ३ वटा मोटरसाईकलमा आएको समूहले घर बाहिर बोलाएर आक्रमण गरेको बुझिएको उनले बताए ।

घटना स्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाईकल बरामद गरेको छ । उक्त मोटरसाईकल कसको हो भन्ने अबेर रातिसम्म खुलिनसकेको प्रहरी अधिकारीहरुले बताएका छन् । चौधरीका छिमेकी बिशाल पाण्डेयले घटनालगत्तै स्कुटीमा राखेर मेयर चौधरीलाई अस्पताल पुर्‍याइएको बताए ।

प्रतिकृया