राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

मङ्लबार, फाल्गुन २९, २०७४ | ०५:५३:३२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २९ः राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् ।

राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा उनी दुई तिहाई भन्दा ठूलो मतभारका सहित विजयी भएकी हुन् । उनले ३९ हजार २ सय ७५ मत प्राप्त गरेकी हुन् ।

भण्डारीकी निकटतम प्रतिद्वन्द्वी नेपाल कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन् ।

निर्वाचनको मतपरिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ। भण्डारीलाई संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले उम्मेद्वार बनाएको थियो ।

उनी संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन् । त्यतिबेला रुपान्तरित संसदले उनलाई राष्ट्रपति चयन गरेको थियो।

प्रतिकृया