प्रधानन्याधीश विषयले बार एशोसियशन नै टुक्रियो

मङ्लबार, फाल्गुन २९, २०७४ | ०६:१९:१६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २९ः प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीसहरुको बढ्दो असमझदारीको विषयमा नेपाल बार एशोसिएसनका पदाधिकारीले फरक फरक धारणा सार्वजनिक गरेका छन् ।

नेपाल बार एशोसियशनले अदालतको अवहेलना सम्बन्धि मुद्धामा सोमबार बोलाइएको सर्वोच्चको पूर्ण इजलास न्यायाधीस चोलेन्द्रशमशेर जवराले बहिष्कार गर्नु गलत रहेको धारणा सार्वजनिक गरेको भोलीपल्ट मंगलबार एशोसिएसनका तीनजनाले असहमति जनाएका हुन् । बार एशोसियशनका उपाध्यक्ष उषा मल्ल पाठक, सदस्य कृष्णकुमार आङ्गदेम्बे र बिष्णुमाया भुषालले विज्ञप्ति निकालेर आफ्नै संस्थाले हिजो निकालेको विज्ञप्तिप्रति असन्तुष्टि जनाएको हो ।

आज निकालिएको विज्ञप्तिमा प्रधानन्यायाधीसको उमेर तथा शैक्षिक योग्यताको विषयले गम्भीर अवस्था पैदा गरेको भन्दै यस्तो संवेदनशिल विषयमा पनि बार एशोसियशनले बहुमतको आधारमा निर्णय गर्नु गलत भएको उल्लेख गरिएको छ । बारको यस्तो कदमले सुदृढ, सक्षम र स्वतन्त्र न्यायपालिकाको निर्माणमा प्रतिकुल असर पार्ने विज्ञप्तिमा उल्लेख छ ।

हिजो जारी भएको विज्ञप्तिले सुदृढ, सक्षम र स्वतन्त्र न्यायपालिकाको निर्माणमा प्रतिकुल असर पुर्याउने र बार एशोसियशनको निष्पक्ष र स्वतन्त्र साखमा असर गर्ने असन्तुष्ट पक्षले दावी गरेको छ । बार एशोसियशनका महासचिव खम्मबहादुर खातीले हिजो निकालेको विज्ञप्तिमा न्यायाधीस चोलेन्द्र शमशेर जबराको कामले न्यायपालिकाको गरिमामा आँच आएको उल्लेख गरिएको थियो ।

प्रतिकृया