राष्ट्रियसभा बैठक आज बस्दै, अध्यक्षमा तिमिल्सिना निर्वाचित भएको घोषणा हुने

बुधबार, फाल्गुन ३०, २०७४ | ०९:०४:०८ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ३०ः राष्ट्रियसभाले आज अध्यक्ष निर्वाचित भएको घोषणा गर्दैछ । अध्यक्षका लागि एमालेका सांसद गणेशप्रसाद तिमिल्सिनाको मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नउठाएपछि तिमल्सिना निर्विरोध भएका हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई/दुई जना सांसद छन् ।

तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ ।

राष्ट्रियसभाको अध्यक्ष एमालेले लिने भएपछि उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति छ । अध्यक्ष पुरुष हुने भएकाले उपाध्यक्ष महिला हुनेछिन् ।

प्रतिकृया