समयको माग अनुसार संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

बुधबार, फाल्गुन ३०, २०७४ | ०३:४८:०६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ३०ः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्ताबेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद,राष्टिय सभा तथा प्रदेश सभाका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। ‘संविधान समयको माग अनुसार संशोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भने,‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन। देशलाई थप मजवुत तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ। ’ प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताएका छन्।

अप्राकृतिक, असामाजिक तत्वहरूले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ। प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताएका छन्। ‘अब बलात्कारका घटना रोकिन्छन्। महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘कडा कानून बनाएर कार्यान्वयन पनि गरिन्छ।’

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याएका छन्। प्रधानमन्त्री ओलीले केही तत्वहरूले सरकार बलियो हुँदा तानशाही हुने ,लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने,कानूनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताएका छन्। ‘यस्ता भ्रममा पर्नु हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि कुराको समय हुन्छ।

यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो। अब जनताले सत्य के होरु भ्रम के होरु आफैँ छुट्याउन सक्छन्।’ प्रधानमन्त्री ओलीले सांसदहरूलाई मर्यादामा बस्न निर्देशन दिएका छन्। जनताको मतले आफूहरू सांसद भएकोले हरेक गतिविधि जनताको हितका निम्ति गर्न प्रधानमन्त्रीले सांसदहरूलाई सम्झाएका छन्।‘जनताले जे कुरा मन पराउछन् त्यो गर्नुहोस् ,जे कुरा मन पराउँदैनन् त्यो गर्दै नगर्नुहोस्’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने बताएका छन्।

‘अब हरेक मिनेट समय, हरेकको बुद्धि,हरेकको पसिना,हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यी सबै कुराको गाम्भिर्यतालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन।’

प्रतिकृया