उपराष्ट्रपति निर्वाचन चैत ९ गते

बुधबार, फाल्गुन ३०, २०७४ | ०४:३२:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ३०ः उपराष्ट्रपति चयनका लागि आउँदो चैत ९ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले उपराष्ट्रपतिको उम्मेद्वार दर्ताका लागि राष्ट्रपति भन्दा फरक लिङ्ग र समुदायको व्यक्ति हुनुपर्ने स्पष्ट गरेको छ। संविधानले फरक फरक लिङ्ग वा समुदायको व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने व्यवस्था गरेको छ ।

आयोगले खस आर्य समुदायकी महिला राष्ट्रपति निर्वाचित भएकाले अब उपराष्ट्रपति सोही समुदायबाट हुन नसक्ने जनाएको छ ।

आयोगले आउँदो चैत ३ गते उपराष्ट्रपतिको मनोनयन दर्ताको कार्यक्रम राखेको छ । आयोगले चैत १ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ ।

यसअघि राष्ट्रपति चुनावमा भोट हाल्न नपाएका राष्ट्रिय सभाका ३ सदस्यले यसपटक मतदान गर्न पाउनेछन् । उपराष्ट्रपति चयनका लागि संघीय संसद र प्रदेश सभाका सदस्यहरुले मतदान गर्नेछन् ।

प्रतिकृया