विमान दुर्घटनाः मृतकको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने

बुधबार, फाल्गुन ३०, २०७४ | ०४:३३:५२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ३०ः काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ ।

बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गरेको डेली स्टार ले जनाएको छ ।

यस्तै पर्सी शुक्रबार देशका सबै मस्जिद, मठमन्दिर तथा गुम्वामा शोकसभा गर्ने पनि बंगलादेशको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अस्ती सोमबार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा २५ बंगलादेशी नागरिकसहित ४९ जनाको ज्यान गएको थियो ।

प्रतिकृया