शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने : दाहाल

बुधबार, फाल्गुन ३०, २०७४ | ०४:४०:४७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, फागुन ३०ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताएका छन् ।

किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उनले भने—“बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।”

अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै “वाम गठबन्धनले सयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्ने छ,” भने । प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिदैं उनले भने— “प्रदेशको नामकरण प्रदेश नंं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ ।”

अध्यक्ष दाहालले “केन्द्रबाट हामीले त्यस्ता नाम राख्नका लागि सहज वातावरण बनाउने छौ,” भन्दै संविधानबाट नै प्रदेशको नामकरण गर्ने विषयमा धेरै छलफल चले पनि पछि विवाद आउने भएकाले प्रदेशसभालाई सो जिम्मेवारी दिइएको बताउनुभयो ।

प्रदेश नंं १ राजनीतिक र आर्थिक आन्दोलनमा नेतृत्व खेलेकाले राष्ट्रले पनि उक्त प्रदेशबाट अग्रगामी भूमिका खेल्ने अपेक्षा राखेको पनि उनले बताए ।

प्रतिकृया