पपुवा न्यूगिनीले नेपाललाई दियो १ सय १५ रनको लक्ष्य

बिहिबार, चैत्र १, २०७४ | ०३:५८:०७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत १ः जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १ सय १५ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २७.२ ओभरमा १ सय १४ रनमात्र बनाउन सक्यो । नेपालका दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने चम्किएको खेलमा पपुवा न्यूगिनीका कुनै पनि ब्याटसम्यान खुलेर खेल्न सकेनन् ।

४.२ ओभर बलिङ गरेका दिपेन्द्र एक्लैले १४ रन दिएर ४ विकेट लिए । ८ ओभर बलिङ गरेका सन्दीप लामिछानेले २९ रन दिँदै ४ विकेट लिए । करण केसी र सोमपाल कामीले १/१ विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रतिकृया