​नेपाली क्रिकेट टिम भोलि नेपाल आउँदै

आइतवार, चैत्र ४, २०७४ | ०६:०९:२८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत ४ः आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली सोमबार साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ ।

विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो ।

सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो ।

प्रतिकृया