रुसी राष्ट्रपतिमा पुटिन चौथो कार्यकालका लागि निर्वाचित

सोमवार, चैत्र ५, २०७४ | ०८:१४:०६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, चैत्र ५ः भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पुटिन ७६ प्रतिशत भन्दा बढी मतसहित विजयी भएको रुसी निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको चुनावमा ११ करोड नागरिकले मतदान गरेका थिए । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 1483878666_2

पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । पुटिनले अब ६ वर्ष रुसको नेतृत्व गर्नुेछन् । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ ।

जित निश्चित भएसँगै सुरु भएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिएका छन् ।

उनको कार्यकाल ६ वर्षको हुनेछ । पछिल्ला वर्षमा पुटिनको लोकप्रियता र शक्ति विश्वभर नै बढेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

प्रतिकृया