चीनको नयाँ चमत्कार, एक वर्षमै १ करोड बढीलाई रोजगारी दिने

मङ्लबार, चैत्र ६, २०७४ | ०२:५०:१० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी, चैत्र ६ः चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने छ । प्रधानमन्त्री खछ्याङ्ले हामीले सुरुमा १ करोड १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य बनाएका थियौँ, तर अब यसमा सरकारले गम्भीर रुपमा काम गर्नेछ र जसका कारण १ करोड ३० लाख नै नयाँ रोजगारी सिर्जना हुनेछ ।

उनले गएको पाँच वर्षमा चीन सरकारले देशमा ६ करोड ६० लाख नयाँ रोजगारीहरु सिर्जना भएको पनि जानकारी गराए । रोजगारी कुनै व्यक्ति वा परिवारका लागि मात्र महत्वपूर्ण नभई सरकार र देशका लागि पनि हो भन्दै प्रधानमन्त्री खछ्याङले देशमा नयाँ–नयाँ रोजगारी सिर्जना गर्नका लागि सरकारले निकै मेहनेतका साथ काम गरिरहेको जानकारी दिए ।

यस वर्ष गाउँबाट सहरमा आउने करिब ३० लाख मानिसले रोजगारी खोज्ने पनि जानकारी उनले दिए । त्यसैले पनि सरकार ती क्षेत्रमा रोजगारीका लागि काम गरिरहेको छ– उनले भने । चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने आप्रवासी कामदारहरुकोे संख्या २८ करोड रहेको छ ।

प्रधानमन्त्री खछ्याङ्ले यसवर्ष कलेजका करिब ८२ लाख विद्यार्थी पनि रोजगारीका लागि सहर प्रवेश गर्ने अनुमान गरिएको जानकारी दिए । सरकारले सिर्जना गरेको यस नयाँ रोजगारीले उनीहरुका लागि काम गर्ने प्रधानमन्त्रीले बताए ।

प्रतिकृया